
८ जेष्ठ, बाँपिझ्याला, काठमाण्डौं । दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ डोक्छे टोल माईतिघर र कर्मथलो डोटी मौवा घर भई हाल ललितपुर सातदोबाटो यन्फा निवासी श्रीमती विमा श्रेष्ठ ओझाकी श्रीमान् ई. डिल्लीराज ओझा गत बैशाख १३ गते ग्वार्खु चोकबाट विहान ८ः४० मा हराउनु भएको छ ।
उक्त भनाई उद्घृत गर्दै निजको श्रीमती विमा श्रेष्ठले आफ्नो व्यक्तीगत सामाजिक सञ्जाल फेसवुक मार्फत सार्वजनिक गर्नु भएको थियो । यसै गरी बिभिन्न सूचना प्रविधीबाट खोजी कार्य जारी राख्दा राख्र्दै हालसम्म सम्पर्कमा नआएकोले दोलखावासीको विशेष सक्रियतामा यही जेष्ठ १० गते बेलुका ४ बजे किम्ची रेष्टुरेण्ट अनामनगर काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको छ भनी दोलखाका युवा समाजसेवी अधिवक्ता प्रविण प्रधानले बताउनु भयो ।
यसरी हुन गईरहेको पत्रकार सम्मलेनमा उपस्थित भई आफ्नो श्रीमान्को खोजी कार्यमा सहयोग पू¥याउन श्रीमती विमा श्रेष्ठ ओझाले विशेष आग्रह सहित अनुरोध गर्नु भएको छ । दोलखावासी एवं संघ–संस्थाको आज किम्ची रेष्टुरेण्ट अनामनगर काठमाण्डौंमा बसेको बैठकले पत्रकार सम्मेलन लगायत अन्य खोजी कार्यमा सहयोग हुने सूचनाहरु प्रवाह गर्ने निर्णय सर्वसम्मतीले गरेको छ ।

