Search

कार्यदलको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्र कार्की सहभागी

कार्यदलको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्र कार्की सहभागी

६ जेठ, बाँपिझ्याला, काठमाण्डौं । सहकारीको रकम ठगीबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन बसेको कार्यदलको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्र कार्की पनि सहभागी भएका छन् । समितिको कार्यादेश टुङ्गो लगाउन कानुन मन्त्रालयमा जारी बैठक सुरु भएको केही समयपछि नेता कार्की पनि पुगेका हुन् ।

शनिबार बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षको बैठकमा शीर्ष नेताहरूबीच सहकारी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठन गर्न सहमति भएको थियो । त्यसपछि कार्यादेश निर्माण गर्न कार्यदललाई जिम्मा दिइएको थियो । कार्यादेश टुङ्गो लगाउन एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा जीवन परियार, महेश बर्तौला र शिशिर खनाल रहेको कार्यदल गठन भएको थियो ।

कार्यदलमा भइरहेको छलफलमा कार्यादेशमा सहकारी हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्नेमा छलफल भइरहेको स्रोतले बताएको छ । सत्तापक्ष लामिछानेको नाम उल्लेख गर्न तयार छैन भने प्रमुख प्रतिपक्ष लामिछानेको नाम किटान गर्नुपर्ने पक्षमा छ । लामिछानेमाथि छानविन हुनुपर्ने माग गर्दै कांग्रेसले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment