Search

मर्निङ वाक निस्केकी एक महिलाको एम्बुलेन्सको ठक्करबाट मृत्यु

मर्निङ वाक निस्केकी एक महिलाको एम्बुलेन्सको ठक्करबाट मृत्यु

६ जेठ, बाँपिझ्याला, काठमाण्डौं, रुपन्देही । बुटवलमा आज बिहान (आइतबार) मर्निङ वाक निस्केकी एक महिला एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् ।

अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सले बुटवल९१३ झोलुङ्गे पुलनजिकै ठक्कर दिँदा बुटवल वडा नं ११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजमार्ग छेउमा हिँडिरहेका उनीहरुलाई तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको र एक महिलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार ठक्करबाट २ महिला घाइते भएका छन् ।

अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले साढे ५ बजे मृत घोषणा गरेका थिए ।

उनीसँगै मर्निङ वाकमा निस्केकी सोही ठाउँका ५५ वर्षीया कमला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment