Search

प्रधानमन्त्री प्रचण्डले यही जेठ ७ गते चौँथो पटक विश्वासको मत लिर्दै

प्रधानमन्त्री प्रचण्डले यही जेठ ७ गते चौँथो पटक विश्वासको मत लिर्दै

४ जेठ, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते चौँथो पटक विश्वासको मत लिर्दै हुनु हुन्छ ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट वैशाख २१ गते बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिन लाग्नु भएको हो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई हिजो साँझ नै भेटेर चौँथो पटक विश्वासको मत लिनेबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १ सय ३८ सांसदको समर्थन आवश्यक पर्दछ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले चौंथो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

Written by 

Related posts

Leave a Comment