
१ जेष्ठ, बाँपिझ्याला, काठमाण्डौं । नेपाल सम्वत् ११४४, बछलागा तृतिया जेठ १३ गते काठमाण्डौं महानगरपालीको वित्तिय सहयोगमा नेवाः देय् दवु केन्द्रिय कार्यालय टेकु काठमाण्डौंको आयोजनामा नेपाल सम्वत् राष्ट्रिय कार्याशाला गोष्ठी हुन गइरहेको छ ।
यस कार्याशाला गोष्ठीमा नेवाः देय् दवुका पूर्व अध्यक्ष नेवा सामाजिक अभियान्ता मल्ल के सुन्दरले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भनी नेवाः देय् दवुका अध्यक्ष पवित्र बज्राचार्यले बताउनु भयो ।
यसरी हुन गईरहेको उक्त कार्याशाला गोष्ठीलाई नेपाल सम्वत् न्हुदँया राष्ट्रिय समारोह समिती, राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान, नेपाल भाषा मंका खल यल, यल नेवाः समाज र नेपाल भाषा मंका खल येँ को संयोजन समितीमा रही सहभागीता रहने छ भनी अध्यक्ष बज्राचार्यले बताउनु भयो ।

बिजि मल गोगंवुमा हुन गईरहेको उक्त कार्याशाला गोष्ठीमा करिव २०० देखि २५० जना नेवा अभियानता, संघ–संस्था, खल पुचका प्रतिनिधीहरुको सहभागीता रहने छ भनी नेवाः देय दवुका केन्द्रिय स्वःनिग उपाध्यक्ष उमेश स्थापितले जानकारी दिनु भयो । यसको लागि तयारी भईरहेको समेत वहाँले बताउनु भयो ।