Search

इण्डियन प्रिमियर लिग: गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित

इण्डियन प्रिमियर लिग: गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित

२९ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको हो ।

गुजरातले दिएको २३२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

यस अघि पहिला ब्याटिङ गर्दै गुजरातले कप्तान शुभमन गिलको १०४ र साइ सुदर्शनको १०३ रनको मद्दतले २० ओभरमा ३ विकेट गुमाउँदै २३१ रन बनाएको थियो ।

गिल र सुदर्शनले पहिलो विकेटका लागि कीर्तिमानी २१० रनको साझेदारी गरेका थिए । यो जितपछि गुजरात टाइटन्सको १२ खेलमा १० अङ्क भएको छ र अङ्क तालिकामा आठौँ स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नई सुपर किंग्सको भने यो यस सिजनमा छैटौँ हार हो ।

१२ खेलमा ६ खेल जितेको चेन्नईको १२ अङ्क रहेको छ र अङ्क तालिकामा चौथो स्थानमा रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment