
२८ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । सल्यानको दार्मा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दार्मा जाने भएपछि गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड दार्मा जाने भएपछि बिदा दिइएको गाउँपालिकाले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

