


२४ बैशाख, बाँपिझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी ८ लाख १५ हजार ४ सय १४ रुपैया भेटी संकलन भएको छ । यही बैशाख १ गतेदेखि २४ गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो ।
यसरी भेटी संकलन भएको रकम सार्वजनिक गर्नु भन्दा पहिले व्यवस्थापन समितीको तर्फबाट अध्यक्ष भरत बहादुर श्रेष्ठ, उपाध्यक्ष विराजमान श्रेष्ठ, सचिव राजेन्द्रनारायण श्रेष्ठ, कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठको उपस्थिती रहेको थियो ।
यसै गरी नेपाली शेना गरुड दलको तर्फबाट विनोद थापा मगर, तेजबहादुर थापा मगर, रञ्जित थापा मगर र महेश चौधरीको रोहवरमा भेटी संकलन भएका सहयोग रकम गणना गरि सार्वजनिक गरिएको छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
संकलन भएको सहयोग रकम सार्वजनिक गर्दा उपस्थीत पदाधिकारी तथा सदस्यहरु र रोहवर प्रतिनिधीहरुले संयुक्त दस्तखत गरी सार्वजनिक गरिएको छ ।




