१७ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । इलाम-२ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् ।
कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनले शुरुआतमा अग्रता लिए पनि मध्यतिरबाट भने नेम्वाङले पछि पार्दै गएका थिए ।