Search

समकालिन एकता समाज नेपालद्वारा दिप प्रज्वलन (लाखबत्ति) तथा हवन कार्यक्रम सम्पन्न

समकालिन एकता समाज नेपालद्वारा दिप प्रज्वलन (लाखबत्ति) तथा हवन कार्यक्रम सम्पन्न

११ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । समकालिन एकता समाज नेपालद्वारा डोलेश्वर महादेव भक्तपुरमा आज दिप प्रज्वलन (लाखबत्ति) तथा हवन कार्यक्रम सम्पन्न गरिएको छ । नयाँ बर्ष २०८१ को अवसरमा आयोजित उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण सदस्यहरु, दोलखावासी र सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहीनीहरुमा कुसलमंगल र सु–स्वास्थ्य अनी दिर्घायुको कामना गर्दै उक्त दिप प्रज्वलन तथा लाखबत्ति हवन कार्यक्रमको आयोजना डोलेश्वर महादेवमा गरिएको हो भनी संस्थाका अध्यक्ष समाजसेवी सकुना श्रेष्ठ मलेकुले बताउनु भयो ।

नेवाः देय् दवुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यको विशेष उपस्थितीमा स्थानिय पुरोहित डिल्ली प्रसाद सापकोटाले संस्थाका अध्यक्ष सकुना श्रेष्ठ मलेकुको हातबाट मुलबत्ति बाल्न लगाई शुरु गर्नु भएको थियो । यसै गरी संस्था सम्पूर्ण सदस्यहरु र स्थानिय दोलखाका संघ–संस्थाका प्रतिनिधीहरुको उक्त दिप प्रज्वलन लाखबत्ति हवन कार्यक्रममा उपस्थिती रहेको थियो ।

यसरी उपस्थिती हुनेहरुमा द्वाल्खा गुठीका अध्यक्ष नेवाः देय् दवुका केन्द्रिय सदस्य अनिल लेकाली, नेवाः देय दवु दोलखा शाखाका अध्यक्ष देवेन्द्र नारायण प्रधान, भीमेश्वर गुठी व्यवस्थापन समितीका उपाध्यक्ष एवं भीमेश्वर नगरपालीकाका वडा नं. २ का निवर्तमान अध्यक्ष विराजमान श्रेष्ठ, द्वाल्खा गुठीका अध्यक्ष विनोद मास्के, द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष विश्वलक्ष्मी श्रेष्ठ, उर्जाशिल महिला समाजका अध्यक्ष अञ्जु श्रेष्ठ, युवा समाजसेवी अधिवक्ता प्रविण प्रधान, पत्रकार एवं युवा समाजसेवी रमेश खड्का, साथीको साथीको निवर्तमान अध्यक्ष युवा समाजसेवी मनोज चाकुबजी, युवा गायक दिपक स्वप्नील श्रेष्ठ, संस्कृती प्रेमी रविना श्रेष्ठ, समाजसेवी बबिता सिटौला, पत्रकार बालकृष्ण श्रेष्ठ लगायत ७० जनाभन्दा बढी समाजसेवी, शुभचिन्तक महानुभावहरुको उपस्थिती रहेको थियो ।

दिप प्रज्वलन लाखबत्ति हवन कार्यक्रम सम्पन्न भईसकेपछी सम्पूर्ण महानुभावहरुलाई प्रसाद वितरण गरिएको थियो । अन्तमा फोटो सेसन पछी समापन गरिएको थियो । साथै संस्थाका अध्यक्ष सकुना श्रेष्ठ मलेकुले आफु र आफ्नो संस्थाको तर्फबाट उपस्थित सम्पूर्ण संघ–संस्था प्रतिधिनी र समाजसेवी महानुभावहरुलाई उपस्थित भई कार्यक्र सफल बनाउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।
छुसाएन विसिन ताता छानेङन बाँलकु बाँलकु तई ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!