Search

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय

१० बैशाख, बाँपिझ्याला, काठमाण्डौं । सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।

मन्त्रीको सचिवालयका नरेन्द्र केसीका अनुसार अमिर शेखको नेपाल भ्रमणका कारण सार्वजनिक बिदा दिन लागिएको जानकारी दिनुभयो ।

विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुईदिने नेपाल भ्रमणमा आउँदैछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!