Search

सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको जित हात पारे

सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको जित हात पारे

९ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । जारी आइपीएलअन्तर्गत गए राति भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको जित हात पारेको छ । ओपनरहरु ट्राभिस हेड र अभिषेक शर्माको विष्फोटक ब्याटिङमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको हो।

२६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अल आउट भयो । दिल्लीका ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ६ चौका र ७ छक्कासहित ६५ रन बनाए । ऋषभ पन्त ४४, अभिषेक पोरल ४२,पृथ्वी शा १६ र डेविड वार्नर १ रनमा आउट भए ।

हैदराबादका टी नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । मयंक मारकंडे र नितेश रेड्डीले २/२ तथा वासिन्टन सुन्दर र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो । हैदराबादले यसअघि मुम्बईविरुद्ध २७७ र बेंगलोरविरुद्ध २८७ रन बनाएको थियो ।

हैदराबादका ट्राभिस हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित ८९ रन बनाए । अभिषेक शर्मा १२ बलमा २ चौका र ६ छक्कासहित ४६ रनमा आउट भए । यी दुई ओपनरले पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा १२५ रन बनाएका थिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!