Search

काठमाडौंमा प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरू

काठमाडौंमा प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरू

४ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । काठमाडौंमा प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरू भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ । आज अपराह्न चार बजे तीनधारा पाठशालाबाट सुरु भएको हो । आज सेतो मच्छिन्द्रनाथको रथलाई जमलबाट तानेर असन पुर्‍याइएको छ ।

सेतो मच्छिन्द्रनाथको रथलाई तीन दिनपछि लगन पू¥याएर सम्पन्न गर्ने परम्परा रहेको छ । यसै गरी मच्छिन्द्रनाथको राष्ट्रप्रमुखले दर्शन गर्ने चलन भएनुसार राष्ट्रपतिले दर्शन गर्ने चलन रहेको छ ।

चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ बनाइन्छ । रथ निर्माण र जात्राका लागि आवश्यक सम्पूर्ण खर्च गुठी संस्थानले व्यहोर्छ ।

सो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न सुरु हुन्छ ।

रथजात्राका लागि काठमाडौं महानगरपालिकाले रुट निर्धारण गरिदिएको छ । रथजात्रा हुने सडकहरुमा सबै प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरिएको महानगरपालिकाले जनाएको छ ।

वैशाख ४ गते रथलाई तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ । यसै गरी बैशाख ५ गते असन, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका परिसर पुर्‍याइन्छ । बैशाख ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने परम्परा रही आएको छ ।

पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने परम्परा रही आएको छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

यसै गरी रातो मच्छिन्द्रनाथको रथ जात्रा ललिपुर र दोलखामा निकाल्ने परम्परा रही आएको छ । यसरी सेतो मच्छिन्द्रनाथको रथजात्रा काठमाण्डौं उपत्यकामा निकाल्ने चलन छ भने रातो मच्छिन्द्रनाथको जात्रा ललितपुर र दोलखामा निकाल्ने परम्परा रही आएको छ भने अन्य स्थानमा यसरी रथ तान्ने चलन रहेको छैन ।

Written by 

Related posts

Leave a Comment