२ बैशाख, बाँपिझ्याला, दोलखा । दोलखा सुनखानी घर भई हाल काठमाण्डौं बस्दै आउनु भएका विद्याराज शिवाकोटीले आफ्नै रचना, संगीत र गायनमा जय भिमेश्वर, दोलखा भीमसेन भजन गत चैत्र २५ गते अर्थात अप्रिल ७, २०२४ मा सार्वजनिक गर्नु भएको हो ।
नेपालको धार्मीक तिर्थस्थल मध्ये दोलखा भीमेश्वर एक महत्वपूर्ण धार्मीक स्थल पर्ने भएकोले आफुले दोलखा भीमसेनको नाममा उक्त भजन समर्पण गर्न पाएकोमा आफुलाई भाग्यमानी ठान्नु हुन्छ । यो २०८० सालमा गरिएको महत्वपूर्ण क्रियाकलाप मध्ये एक महत्वपूर्ण कार्य गरेको बताउनु हुन्छ ।
उक्त भजनमा साक्षात भगवान दोलखा भिमेश्वरको महिमाको बारेमा बर्णन गरिएको छ । यस भजनमा कोरस गायन अप्सरा दुलाल, मेनुका कार्की, स्टुडियो द पि रेकर्डिङ, एरेज दिनेश राजबाह र परिकल्पना विशज शिवाकोटीको रहेको छ ।
यसरी भक्ती रचना, संगित र गायन आफ्नै रहेको शिवाकोटीको यो भक्ती गान भजनभन्दा अगाडीपनी आधुनिक, दोहरी लगायन अन्य थुप्रै गित सार्वजनिक गरि सक्नु भएको छ ।
यस भजन दोलखा भीमसेनसँग महत्व राख्ने भएकोले थप महत्वका साथ बाहिर ल्याएको वहाँको भनाई रहेको छ ।
यस भजनलाई सुनी दिई लाईक शेयर गर्न पनी पनी उहाँले आग्रह सहित अनुरोध गर्नु भएको छ ।
