Search

इण्डियन प्रिमियर लिग : आइपीएल राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित

इण्डियन प्रिमियर लिग : आइपीएल राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित

२ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपीएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो ।​

पञ्जावले दिएको १४८ रनको लक्ष्य पछ्एयाको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गर्दै पञ्जावले २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।

यो जितपछि राजस्थानको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी पञ्जाव किंग्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!