२९ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । नव बर्ष २०८१ को अवसर पारेर समाजसेवी सकुना श्रेष्ठ मलेकुको आठौं प्रस्तुती “राम भजन” भोली शुक्रवारदेखि नेपाल टेलिभिजन लगायत अन्य टेलिभिजनमा प्रसारण हुर्दैछ ।
यसै गरी आधुनिक गित “तिमी विना के दिन अनी रात” पर्सि बैशाख १ गतेदेखि युट्युवबाट प्रसारण हुने भएको छ भनी समाजसेवी एवं गायिका सकुना श्रेष्ठ मलेकुले बताउनु भयो ।
राम भजन संग्रह :
नेपाली महिला दिदीबहीनीहरु र हिन्दु धर्म प्रति आस्थावान भक्तजन महानुभावहरुलाई लक्षित गरी यो “राम भजन संग्रह” बाहिर ल्याउने भएकोले नेपाली भजनमा नयाँ आयाम ल्याउनुका साथै भक्तजनहरुलाई विशेष सहयोग पू¥याउने कुरामा आशा लिएको छ ।
यस “राम भजन संग्रह” को गायनमा समाजसेवी सकुना श्रेष्ठको आफ्नै गायन रहेको छ । यसै गरी संगीतमा मञ्जु उपासना, शव्दमा होमबहादुर सुनार (एच.वि.सुनार), एरेन्जमा विष्णु अधिकारी र स्टुडियो ओपल रहेको छ ।
अभिनयमा सकुना श्रेष्ठ मलेकु आफैले अभिनय गर्नु भएको छ । यसै गरी उहाँलाई साथ दिनेमा गायक आनन्द कार्की, होमबहादुर सुनार (एच.वि.सुनार) र अञ्जु सुनार रहेको छ ।
भजन संग्रह छाँयाङ्कनमा दिनेश मुस्कान, ड्रोनमा विशाल लामा, अडियो ग्राफरमा संगम विष्ट रहेको छ भने भजन संग्रहको निर्देशनमा होमबहादुर सुनार (एच.वि.सुनार) को रहेको छ ।

“तिमी विना के दिन अनी रात” :
“तिमी विना के दिन अनी रात” बोलको गित माया प्रेम अनी आपसी मेलमिलापमा विश्वास गर्ने युगल जोडीहरुलाई सकारात्मक सन्देश दिनुका साथै संयोगात्मक भावको रहेको छ । जुन गितको गायनमा गायक आनन्द कार्की र समाजसेवी गायिका सकुना श्रेष्ठ मलेकुको रहेको छ ।
यसै गरी संगितमा मञ्जु उपासना, शब्द होमबहादुर सुनार (एच.वि.सुनार), एरेन्जरमा साहस शाक्य र स्टुडियो एकोष्टीक नेपाल रहेको छ । यस गितमा अभिनय मोडेल गिता ढुंगाना र विक्रम बुढाथोकी रहेको छ ।
यस गिती संग्रहको छाँयाङ्कनमा दिनेश मुस्कान, ड्रोनमा विशाल लामा, अडियो ग्राफरमा संगम विष्ट रहेको छ भने गिती संग्रहको निर्देशनमा होमबहादुर सुनार (एच.वि.सुनार) को रहेको छ ।
यसरी नव बर्ष २०८१ सालको अवसर पारेर सार्वजनिक गर्न लागिएका भजन संग्रह “राम भजन” र आधुनिक गिती संग्रह “तिमी विना के दिन अनी रात” बोलको गितका बोलको गितलाई मनपराई लाईक, सस्क्राईभ र शेंयर गरि दिनु हुन पनी आफन्त, नातागोता र नेपाली संगित प्रेमी दिदीबहीनी र दाजभाई महानुभावहरुलाई हद्यदेखि सकुना श्रेष्ठ मलेकुले हार्दिक आभार सहित अनुरोध गर्नु भएको छ ।

यो भजन संग्रह र गिती संग्रह ल्याउनु भन्दा पहिले उहाँले ५ वटा गिती संग्रह र २ वटा भजन संग्रह गरी ७ वटा सांगितिक कोसेली बजारमा ल्याई सक्नु भएको छ । यस कार्यमा उहाँको निरन्तरता होस् भन्ने कामना गर्दै सधै सफलता प्रदान गरुन भनी हामी साक्षात भगवान दोलखा भिमेश्वर र पशुपत्तिनाथमा प्रार्थना गर्दछौं ।