Search

भीमेश्वर नगरपालिका वडा नं. ५ किराँतीछापमा धार्मिक ग्रन्थ सम्बन्धी पुस्तकका लागि महायज्ञ

भीमेश्वर नगरपालिका वडा नं. ५ किराँतीछापमा धार्मिक ग्रन्थ सम्बन्धी पुस्तकका लागि महायज्ञ

२८ चैत्र, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. ५ किराँतीछापमा आफूले खोजेको पुस्तक सहजतरिकाले उपलब्धहुने गरी धार्मिक ग्रन्थ सम्बन्धी पुस्तकहरुकालागि महायज्ञ सुरु गरिएको छ ।

यसरी सबै धर्मका धर्मलम्वी र भक्तजनहरुलाई विभिन्न धर्मका ग्रन्थहरु लगायतका पुस्तकहरु अध्ययन र अनुसन्धानको लागि धार्मिक पुस्तकालय स्थापना गरिने भएको छ ।

प्राचिन बस्ती किराँतहरुको भूमिको रुपमा परिचित किराँतीछापमा आज चैत्र २८ गते २०८० देखि २०८१ साल बैशाख ६ गतेसम्म श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको सप्ताह आयोजक समितिका संयोजक इश्वरबहादुर थापाले बताउनु भयो ।

सदरमुकाम चरिकोट पुस्तकालय स्थापना गरिने भएकाले यस सम्बन्धी चासो र खोज अनुसन्धान गर्ने व्यक्तिलाई सजिलो हुने महायज्ञ आयोजकका संयोजक इश्वरबहादुर थापाले बताउनु भयो । यसरी धार्मिक पुस्तकालय स्थापनाको लागि स्थानीय पण्डित सुजन प्रसाद सुवेदीले १२ वर्ष अघिदेखिनै अभियान सुरु गर्नुभएको थियो । व्यवस्थित र वृहत रुपमै पुस्तकालय स्थापनागर्ने योजना भएकाले महायज्ञ सुरु गरेको हो ।

यसरी शुरु हुन गईरहेको महायज्ञमा पण्डित लक्ष्मण प्रसाद भण्डारी (शास्त्री) र सुजन प्रसाद सुवेदीले प्रवचन दिईनेछ । सदरमुकाम चरिकोटबाट कलसयात्रा सुरु गरेर किराँतीछापमा पुगेर कार्यक्रम शुरु गरिएको थियो ।

किराँतेश्वर महादेव मन्दिर संंरक्षण संस्थाका अध्यक्ष इश्वरबहादुर थापाको अध्यक्षता र बागमती प्रदेश सभाका सांसद भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा सप्ताह कार्यक्रम उद्घाटन गरिएको थियो ।

सप्ताह अवधिभर स्थानीय सबैले पालैपालो गरेर प्रसाद र खानाको व्यवस्था निःशुल्क सहयोग गरिने आयोजकले समितीले जानकारी दिनु भयो । उक्त सप्ताह कार्यक्रमबाट लगभग १ करोड रकम संकलन हुने अनुमान गरिएको छ ।

फोटो: जिवन लामा

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!