Search

प्रभु बैंक र नेपाल क्लियरिब हाउस लि. विच नेपाल – भारतबीच अन्तर्देशीय कारोबार सम्वन्धी सम्झौता

प्रभु बैंक र नेपाल क्लियरिब हाउस लि. विच नेपाल – भारतबीच अन्तर्देशीय कारोबार सम्वन्धी सम्झौता

२८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । प्रभु बैंक लि. र नेपाल क्लियरिब हाउस लि. (एनसीएचएल) का विच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्फबाट प्रमुख व्यवसाय अधिकृत श्री रश्मी पन्त र नेपाल क्लियरिब हाउस लि. (एनसीएचएल) का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री निलेशमान सिंह प्रधानले हस्ताक्षर गरिएको छ ।

प्रभु बैंक लि. र नेपाल क्लिरिब हाउस लि. (एनसिएचएल) विच आज सम्पन्न सम्झौता बमोजिम अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा उल्लेख भएअनुसार, नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा रु. १५ हजार भारतीय रुपैयाँ र मासिक रु. १ लाख सम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।

यसैगरी भारतमा रहेका नेपाली नागरिकहरुले पनि यूपीआई ईनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाईएको छ ।

यसै गरी भारतमा रहेका नेपाली नागरिकहरुले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुईलाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोवार ५० हजार सम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ ।

यो अन्तर्देशीय विद्यूतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरुले नेपाल तथा भारतीय नियामक निकायद्धारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम्लाभ उठाउन सक्नेमा बैङ्कले विश्वास लिएको छ भनी नायव प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलको नामबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment