Search

वालिङ नगरपालिका–१२ ढिकिडाँडामा आगालागीबाट चार गोठ र एक घर जले

वालिङ नगरपालिका–१२ ढिकिडाँडामा आगालागीबाट चार गोठ र एक घर जले

२८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । स्याङ्जाको वालिङ नगरपालिका–१२ ढिकिडाँडामा आगोलागीका कारण चार गोठ र एक घर जलेको छ । तीन दिनदेखि जङ्गलमा लागेको आगो मङ्गलबार साँझ गाउँ पस्दा घरगोठमा क्षति पुगेको हो ।

स्थानीय गोविन्दप्रसाद लुइटेल बस्दै आउनु भएको तुमाखर लुइटेलको घर र गोठ जलेर नष्ट भएको छ यस्तै नारायण लुइटेल, मुक्तिप्रसाद लुइटेल र तारा लुइटेलको गोठ जलेर नष्ट भएको हो ।

घरगोठ जलेपनि कुनै मानविय तथा पशुको भने क्षति नभएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । वालिङ नगरपालिका–१२ र १४ को सिमाना जङ्गलमा सल्किएको आगोलागीले वडा नंं १२ को घरगोठमा क्षति भएको हो ।

गाउँमा पानीको अभाव र दमकल जाने सहज बाटो नहुँदा आगो निभाउन समस्या भएको वडा नं. १२ का अध्यक्ष विश्वजंग गुरुङले बताउनु भयो । वडा नं.१२ को जङ्गलमा अहिले पनि आगो लागि रहेको वडा अध्यक्ष गुङको भनाइ छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!