Search

इण्डियन प्रिमियर लिग: चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई पराजित

इण्डियन प्रिमियर लिग: चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई पराजित

२७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेन्नईले कोलकातालाई ७ विकेटले पराजित गरेको हो ।

कोलकाताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन मात्र बनाएको थियो ।

चेन्नईको यो जारी सिजनमा तेस्रो जित हो । ५ खेलमा ३ जित र २ हारसहित चेन्नईको ६ अंक भएको छ । त्यस्तै कोलकाताको भने यो पहिलो हार हो । ४ खेलमा ३ जित र एक हारसहित कोलकाताको ६ अंक रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!