Search

भीमेश्वर नगरपालीका वडा नं. ९ डाङडुङे डाँडामा ड्रोन

भीमेश्वर नगरपालीका वडा नं. ९ डाङडुङे डाँडामा ड्रोन

२२ बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. ९ स्थित डाङडुङे डाँडामा ड्रोन परिक्षण गरिएको छ । भीमेश्वर नगरपालीकाका प्रमुख ईस्वर नारायण मानन्धरको उपस्थितीमा वडा नं. ९ का वडाध्यक्ष हिमाल श्रेष्ठले भीमेश्वर नगर भित्रका धार्मीक पर्यटकिय स्थानहरुको दृश्य कैद गर्नको लागि उक्त ड्रोन खरिद गरी परिक्षण गरिएको हो ।

उक्त परिक्षण कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष माधव थामी, वडा नं. ७ का वडाध्यक्ष विनोद तमाङ, वडा नं. ७ का कार्यपालीका सदस्य शर्मिला श्रेष्ठ, नगरपालीका कर्मचारीको तर्फबाट शाखा प्रमुख माधव सुवेदी लगायत स्थानीय वासिन्दाहरु जित बहादुर श्रेष्ठ लगायत अन्य महानुभावहरुको उपस्थिती रहेको थियो ।

सुचना प्रविधीको विकास संगै बर्तमान अवस्थामा दोलखा जिल्लाको मुटुमा रहेको भीमेश्वर नगर लगायत सिङ्गो जिल्लालाई धार्मीक पर्यटकिय गन्तव्यको रुपमा थप विकास गर्नको लागि यस कार्यले थप सहयोग पुग्ने कुरा नगरप्रमुख मानन्धरले बताउनु भयो ।

दोलखा जिल्ला भरीको धार्मीक, पर्यटकिय गन्तव्य दोलखा भीमेश्वर दर्शन, कालिञ्चोक, शैलुङ, जिरी र डाङढुंगे डाँमा शोभायमा राताम्मे, सेताम्मे गरी जङ्गल ढाक्ने गरी गुँरास, चिमाल फुलेको छ । यसै गरी यस्ता जिल्ला भित्रका धार्मीक गन्तव्य र प्राकृतिक सौन्दर्यलाई जिल्ला भित्र आगमन गर्न मन भएका तर पुग्न नसकेका आन्तरीक बाह्य पर्यटकहरुको विचमा बिभिन्न सचारको माध्यमबाट सम्प्रेशषण गरी घर घरमा सूचनामुलक सन्देश पू¥याउन यस कार्यले सहयोग गर्ने छन् भनी वडा नं. ९ का वडाध्यक्ष हिमाल श्रेष्ठले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!