Search

नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहितको रिटमा आज सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहितको रिटमा आज सुनुवाइ

२१ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहितको रिटमा आज सुनुवाइ हुँदैछ ।

जिलला र उच्च अदालतको थुनामै राख्ने आदेशविरुद्ध रायमाझीसहित १० जनाले सर्वोच्च अदालतका दायर गरेको रिट न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

रिट दायर गर्नेहरुमा टोपबहादुर रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, इन्द्रजित राई, सानु भण्डारी रहेका छन् ।

काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई सो अदालतले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएपछि उनीहरु सर्वोच्च पुगेका हुन् ।

सोही प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भने उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!