Search

इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनले आम्दानीमा कीर्तिमान कायम

इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनले आम्दानीमा कीर्तिमान कायम

२१ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनले आम्दानीमा कीर्तिमान कायम गरेको छ । आर्थिक वर्ष सन् २०२२-२३ मा ब्राइटनले १ सय २२.८ मिलियन पाउन्ड आम्दानी गरेको हो ।

बीबीसीले जनाएअनुसार ब्राइटनको यो उसको इतिहासकै सबैभन्दा बढी आम्दानी हो । त्यसअघिको आर्थिक वर्षमा क्बलले २४.१ मिलियन पाउन्ड आम्दानी गरेको थियो । यस हिसाबले गत आर्थिक वर्षमा क्लबले झन्डै १ सय मिलियन पाउन्ड बढी आम्दानी गरेको हो ।

सन् २०२२-२३ को सिजनको प्रिमियर लिगमा क्लबले छैटौं स्थान हात पार्नुका साथै एफए कपको सेमिफाइनलमा स्थान हात पारेको थियो । त्यसका साथै ब्राइटनले खेलाडी ट्रान्सफरबाट पनि राम्रै आम्दानी गरेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!