Search

समाजसेवी आत्माकृष्ण श्रेष्ठको संयोजनमा दोलखावासी किसान समूदायको लागि घटसीमा विश्राम घर निर्माण

समाजसेवी आत्माकृष्ण श्रेष्ठको संयोजनमा दोलखावासी किसान समूदायको लागि घटसीमा विश्राम घर निर्माण

२० चैत्र, बाँपिझ्याला, दोलखा । प्राचिन शहर दोलखाको आफ्नै रहन सहन र मौलिकता रहेको छ । बस्तीको उत्तरमा चार्थली जंगल, मञ्जुश्री पार्क र सियउटाडा कारीपोको ड¥यान रहेको छ । यसै गरी वस्तीको पश्चिममा सदरमुकाम चरिकोट पर्दछ भने पूर्वमा काँलरवन, चम्पूजा पार्क रहेको छ । दक्षिण तल्लो भागमा खेती योग्य जमिन रहेको छ ।

यसै सन्दर्भमा थिलिवु, गगरबु, दुल्वु आदी जस्ता खेतहरुमा काम सकेर खेती किसान गर्ने दोलखावासी दाजुभाई, दिदीबहीनीहरुलाई बाटोमा हिँड्दा थकाई मेटन सहज होस भन्ने उद्देश्यले समाजसेवी बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठको सक्रियतामा रुपा फाउन्डेसनले दोलखाको गटसीमा एक विश्राम घर÷ प्रतिक्षालय निर्माण गरिएको छ ।

प्राचिन शहर हालको भीमेश्वर नगरपालिका वडा नं. २, दोलखाको बस्ती भन्दा दक्षिण पश्चिम तर्फ रहेको कृषि योग्य भूमी र त्यस क्षेत्रमा बाली लगाउन र लगाएको बाली भित्र्याउन दैनिक सयौ कृषक र कृषि मजदुर आउ जाउ गर्दा विश्राम गर्न बिशेष गरि बर्षाको समयमा बर्षात र गर्मी छल्न ओत लाग्ने कुनै ठाउँ नभएको कारण उक्त विश्वास घर निर्माण गरिएको भनी फाण्डेशनका संरक्षक समाजसेवी आत्माकृष्ण श्रेष्ठले बताउनु भयो ।

यसै गरी उक्त विश्रास घर बनाउनको लागि स्थानिय वासिन्दाहरुले समस्या भोगिरहनु परेको भन्दै स्थानीय समाजसेवी एवं संस्कृतप्रेमी भगवानदास श्रेष्ठ , प्रेमकृष्ण श्रेष्ठ र पार्वती श्रेष्ठ समेतको लिखित अनुरोधमा रुपा फाउन्डेसनका संस्थापक तथा समाजसेवी बरिष्ठ ईन्जिनियर आत्मा कृष्ण श्रेष्ठले गटसीमा छाना सहितको ट्रस हालेर विश्राम घर निर्माण गरि दिएका हो ।

सो विश्राम घर निर्माणको क्रममा केही स्थानीय सामाजिक अभियानकर्ता र कृषकहरुबाट श्रमदान पनि भएको छ भनी स्थानिय समाजसेवी प्रेमकृष्ण श्रेष्ठले बताउनु भयो ।

सो स्थान विश्राम केन्द्र निर्माणका लागि अत्यन्तै उपयुक्त भएको बाटोमा हिडने किसान र कृषक मजदुर हरुले त्यहाँ केही बेर आराम गरेपछि गटसी उकालो चढ्न धेरै सहज भएको बताउँदै यसको अनुभव वास्तविक किसान र खेतवारीमा काम गर्ने ज्यामी र बाटोमा भारी बोकेर हिड्नेले मात्र भन्न सक्ने भन्दै र विश्राम घर निर्माण गरि दिने रुपा फाउन्डेसन र संस्थापक आत्माकृष्ण श्रेष्ठलाई दोलखावासीको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गरिएको छ भनी स्थानिय समाजसेवी भगवानदास श्रेष्ठले बताउनु भयो ।

यस कार्यमा प्रत्यक्ष सहभागी भई सहयोग गर्ने स्थानिय समाजसेवी शान्त श्रेष्ठ समेत रहेको छ भनी संरक्षक बरिष्ठ ईन्जिनियर श्रेष्ठले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!