Search

दोलखाको विगु गाउँपालिकामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

दोलखाको विगु गाउँपालिकामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

२० चैत्र, बाँपिझ्याला, दोलखा । दोलखाको विगु गाउँपालिकामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

विगु गाउँपालिका–३ की ७४ वर्षीया नेतर्नी लामाको रोल्वालिङ यातायातको बसको ठक्करबाट मृत्यु भएको हो । काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा ३ ख ६३७४ नम्बरको रोल्वालिङ यातायातको बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।

विगु गाउँपालिका–४ को फिस्टेढुंगाबाट घर फर्किने क्रममा फिस्टेढुंगास्थित सिंगटी बुलुङभित्री सडक खण्डमा लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस र चालक कालिञ्चोक गाउँपालिका–४ का २६ वर्षीय नारायण बुढाथोकीलाई पक्राउ गरिएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्तकको शव घटनास्थलमा नै रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!