१९ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनलाई ५६ सांसदले विश्वासको मत दिएका हुन् । १०८ जना सांसदको उपस्थिति रहेको थियो ।
उनको पक्षमा ५६ र विपक्षमा ३७ मत खसेको छ । भने, दिन्न भन्ने पक्षमा १५ मत परेको छ । ११० सदस्यीय प्रदेशसभामा २ जना सांसद अनुपस्थित रहे । मुख्यमन्त्रीले विश्वासको मत माग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने बताएको थियो ।
बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन् ।