Search

कास्कीको भदौरे थामडाँडामा जिप दुर्घटना, २ को मृत्यु, १० जना घाइते

कास्कीको भदौरे थामडाँडामा जिप दुर्घटना, २ को मृत्यु, १० जना घाइते

१८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग.१.ज. ५५४७ नम्बरको यात्रुबाहक जिप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । जिपमा १२ जना सवार थिए ।

घटनास्थलमा कालिका गण पोखराबाट सशस्त्र प्रहरीको टोली पुगेको छ । घाइतेलाई उपचारका लागि पोखरा ल्याइँदै गरेको कालिका गणका गणपति अरूण पौडेलले बताए ।

घटनास्थलबाट स्थानीय र नेपाल प्रहरीको सहयोगमा १० जनालाई उद्धार गरी पोखरास्थित अस्पताल पठाइएको पौडेलले बताए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!