Search

दोस्रो जिरी महोत्सव चैत्र २३ देखि बैशाख २ गतेसम्म

दोस्रो जिरी महोत्सव चैत्र २३ देखि बैशाख २ गतेसम्म

१८ चैत्र, बाँपिझ्याला, दोलखा । नेपालको स्विट्जरल्याण्डको नामबाट प्रख्यात पर्यटकीय नगरी जिरीमा दोस्रो जिरी महोत्सव २०८० यही चैत्र २३ गतेदेखि हुने भएको छ । विश्वमा अग्लो हिमाल सगरमाथाको प्रवेशद्वार, “समृद्ध जिरी निर्माणमा अर्गानिक कृषि, पर्यटन, संस्कृति र उद्योगका आधार” भन्ने नाराका साथ उद्योग वाणिज्य संघ जिरीले महोत्सवमा आयोजना गर्न लागेको हो ।
यसरी हुन गईरहेको बृहत् जिरी महोत्सव जिरीको पुरानो बैंक विल्डिङमा सञ्चालन हुनेछ । महोत्सवमा ५० हजार बढी आन्तरीक तथा बाह्य पाुहनाहरुले अवलोकन गर्ने र १० करोड रुपैयाँबराबरको कारोबार हुने अनुमान गरिएको उद्योग वाणिन्य संघ जिरीका अध्यक्ष बाबुराज श्रेष्ठले बताउनु भयो ।

यसै गरी जिरी उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले दोलखाको खस्किँदो कृषि, व्यापार, जिरीमा रहेका पर्यटकीयस्थललाई प्रचार प्रसार गर्नुका साथै जनजातिहरूको मौलिक खाना तथा स्थानीय उत्पादनको प्रचारप्रसार र जिरीमा आन्तरिक तथा बाह्य पर्यटक भि¥याउने उद्देश्यले महोत्सवको तयारी गर्न लागिएको बताउनु भयो ।

यस महोत्सव अवलोकनको लागि दोलखा जिल्ला भित्रका आन्तरीक तथा बाह्य पर्यटक महानुभावहरुको उपस्थितीको लागि अध्यक्ष श्रेष्ठले आग्रह सहित अनुरोध गर्नु भएको छ ।

तश्विर: केन्द्र ज्योती खड्का

Written by 

Related posts

Leave a Comment