Search

नेपाल ए आयरल्यान्ड एसँग ४० रनले पराजित

नेपाल ए आयरल्यान्ड एसँग ४० रनले पराजित

१७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । नेपाल ए आयरल्यान्ड एसँग ४० रनले पराजित भएको छ। टियु क्रिकेट मैदानमा टी-२० शृंखलाको दोस्रो खेलमा नेपाल ए पुनः पराजित भएको हो। २२५ रनको विजय लक्ष्य पछ्याएको नेपाल ए १७.५ ओभरमा अलआउट हुँदै १८४ रनमात्र बनाउन सक्यो।

नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए। त्यस्तै लोकेश बमले २५ र कप्तान विदोन भण्डारीले २६ रन बनाए। त्यस्तै बासिर अहमदले २७, आरिफ शेखले १४, पवन सराफले १० र कमल ऐरी ११ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनाएको थियो।

आयरल्यान्डका लागि निल रकले सर्वाधिक ७१ रन बनाए। ३४ बलमा उनले ७ छक्का र १ चौकासहित ७१ रनमा अविजित रहे। त्यस्तै पिटर मुरले सर्वाधिक ६५ रन बनाए भने जेम्स मोकुलमले २६, रोस अदैरले १७, गेरेथ डीलेनीले १० र फिओन ह्यान्डले १९ रन बनाए।

नेपाल शुक्रबार भएको पहिलो खेलमा २२ रनले पराजित भएको थियो।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!