Search

नयाँ र मौलिक समाजवादी क्रान्ति अगाडि बढाउन सबै देशभक्त वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

नयाँ र मौलिक समाजवादी क्रान्ति अगाडि बढाउन सबै देशभक्त वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

१७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक एकीकृत भएर एकै ठाउँमा उभिनुपर्ने बताएका छन् । २४ औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढाउन सबै देशभक्त वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

त्यो प्रक्रिया थालनी गर्दै अगाडि बढाउने आत्मविश्वास माओवादीको नेतृत्वलाई रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

‘माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले दाया बाया कदम चाल्दा पनि देश र जनतालाई केन्द्रमा राखेर चाल्ने बताए । ‘क्रान्ति, जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन हुन्न, हामीले लिएको सङ्कल्प तेही हो, आज पनि त्यही छ,’ उनले भने ।

सरकारमा रहँदा आठ हजार सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफूले वर्गसङ्घर्षको निरन्तरता मानेको बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!