Search

काठमाडौँ महानगरले ५० वटा पेट्रोल पम्पलाई निःशुल्क शौचालय सञ्चालन गर्न सरसफाइ सामग्री उपलब्ध गराउने

काठमाडौँ महानगरले ५० वटा पेट्रोल पम्पलाई निःशुल्क  शौचालय सञ्चालन गर्न  सरसफाइ सामग्री उपलब्ध गराउने

१७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । पेट्रोल पम्पहरूमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र वागमती पेट्रोलियम डिलर एशोसिएसनबीच सम्झौता भएको छ । सम्झौता पत्रमा एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य र एशोसिएसनकातर्फबाट अध्यक्ष अच्युतबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम महानगरपालिकाभित्रका ५० वटा पेट्रोल पम्पमा भएका शौचालयहरू सर्वसाधारणलाई प्रयोग गर्न निःशुल्क उपलब्ध हुनेछन । यसवापत महानगरपालिकाले सरसफाइ र स्वच्छताका शौचालय सफाइ गर्ने र दुर्गन्ध हटाउने सामान सूचीकृत सामानसहित निःशुल्क सार्वजनिक शौचालय लेखिएको बोर्ड दिनेछ ।

सरसफाइका लागि दिइने सामानमा सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हार्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मफ, बाल्टिन, साबुन, डोर म्याट, डिटोल, रुमाल, रुम स्प्रे, डस्ट विन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहित छन् । यी सामानहरू टिनको बाकसमा हालेर दिने गरिएको छ ।

एकाइका प्रमुख बज्राचार्यकाअनुसार चालु आर्थिक बर्षमा ३ सय वटा निःशुल्क सार्वजनिक शौचालय थप गरिनेछ । यस क्रममा एशोसिएनसँग सम्झौता गरिएको हो ।

सम्झौताबमोजिम सेवाग्राहीसँग पम्पहरूले शुल्क लिन वा शौचालय प्रयोग गरेवापत् कुनै सामान खरिद गर्न करकाप गर्न वा प्रोत्साहन गर्न पाउने छैनन् । सार्वजनिक शौचालयमा कुनै पनि प्रकारको प्रचार सामग्री राख्न पाउने छैनन् ।

शौचालयका लागि आवश्यक पर्ने पानी उपलब्ध गराउने, सफाइ गर्ने, मर्मत सम्भार र निकासाको व्यवस्था पम्पहरूले गर्नुपर्नेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!