Search

पशुपतिमा दाहसंस्कार सकेर गोरखा फर्केका ५ जनाको दुःखद निधन, १ बेपत्ता

पशुपतिमा दाहसंस्कार सकेर गोरखा फर्केका ५ जनाको दुःखद निधन, १ बेपत्ता

१७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ७: १५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

मृत्यु हुनेमा गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनमाया रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले बताए ।

मृतक सबै एकै परिवारका हुन् । शंकर रोकायाको काठमाडौंमा निधन भएपछि उनीहरू पशुपतिमा दाहसंस्कार गरेर गोरखा फर्किँदै थिए । शंकर जुनमायाको छोरा हुन् । उक्त ट्याक्सी नातामा ज्वाईं पर्ने अर्जुनले चलाएका थिए ।

उनका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार थिए । अझै गोरखा नगरपालिका-७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् ।

मृतकको नामावली :
१.ट्याक्सी चालक गोरखा नगरपालिका–७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल ।
२.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ४१ वर्षीय हरिमाया रोकाय ।
३.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ७० वर्षीय जुनकिरी रोकाय ।
४.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने २८ वर्षीय अन्जना रोकाय ।
५.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ९ वर्षीय बालक आगमन नगरकोटी ।

बेपत्ता भएको :
गोरखा नगरपालिका–७ बस्ने १८ वर्षीय दिवश रोकाय

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!