Search

टी-२० सिरिज: नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुँदै

टी-२० सिरिज: नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको  दोस्रो खेल आज हुँदै

१७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ । टियु मैदानमा हुने यो खेल अपराह्न १ बजेदेखि शुरु हुने छ ।

शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।

यसअघि बिहीबार हुने तालिका भए पनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको नयाँ तालिका अनुसार शुक्रबार पहिलो खेल भएको थियो ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!