Search

रोल्वालिङ यातायातले तीन वटा डिलक्स बस सञ्चालनमा ल्याए

रोल्वालिङ यातायातले तीन वटा डिलक्स बस सञ्चालनमा ल्याए

१५ चैत्र, बाँपिझ्याला, दोलखा । दोलखामा रोल्वालिङ यातायातले तीन वटा डिलक्स बस सञ्चालनमा ल्याएको छ। रोल्वालिङ यातायात समिति दोलखाले बिहिबारबाट काठमाडौं देखि लामाबगर सम्म बस सेवा सञ्चालनमा ल्याएको हो।

आज बिहिबार सदरमुकाम चरिकोटमा एक कार्यक्रमका बीच तिनै वटा डिलक्स (एसि) बसको उदघाटन भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाइ र दोलखा उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेतीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

सो अवसरमा समितिका अध्यक्ष मिङ्गुर शेर्पाले ग्रामिण भेगमा रहेका जनतालाई सदमुकाम तथा राजधानी काठमाण्डौ सम्म आरामदायी सुविधाका लागि नागरिकलाई लैजान उक्त बस सेवा सञ्चालनमा ल्याएको बताए।त्यस्तै उनले अन्य बसहरुको भन्दा २० प्रतिशत भाडा बढी लाग्ने जानाकारी दिए।

उक्त बसले पहिलो चरणमा काठमाडौं देखि लामाबगर सम्म सेवा दिएको छ। रोल्वालिङ यातायात सहकारी मार्फत सञ्चालन हुँदै आएको यो समितिले हाल चरिकोटबाट बर्दीबास र वीरगन्जसम्म सेवा दिँदै समेत आएको छ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment