Search

समाजसेवी सकुना श्रेष्ठ मलेकुको “राम भजन” र “तिमी विना के दिन अनी रात” बोलको गितको छाँयाङ्कन सम्पन्न

समाजसेवी सकुना श्रेष्ठ मलेकुको “राम भजन” र “तिमी विना के दिन अनी रात” बोलको गितको छाँयाङ्कन सम्पन्न

१५ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । समाजसेवी सकुना श्रेष्ठ मलेकुको आठौं प्रस्तुती “राम भजन” र “तिमी विना के दिन अनी रात” बोलको गितको छाँयाङ्कन सम्पन्न भएको छ । आगन्तुक रिर्सोट धुलिखेलमा सम्पन्न भएको उक्त भजन संग्रह र गित संग्रह छिट्टै बजारमा आउने समाजसेवी एवं गायिका सकुना श्रेष्ठ मलेकुले बताउनु भयो ।

राम भजन :
नेपाली महिला दिदीबहीनीहरु र हिन्दु धर्म प्रति आस्थावान भक्तजन महानुभावहरुलाई लक्षित गरी यो “राम भजन संग्रह” बाहिर ल्याउने भएकोले नेपाली भजनमा नयाँ आयाम ल्याउनुका साथै भक्तजनहरुलाई विशेष सहयोग पू¥याउनेमा समाजसेवी एवं गायिका श्रेष्ठ आशा अनी विश्वास लिनु भएको छ ।

यस “राम भजन संग्रह” को गायनमा समाजसेवी सकुना श्रेष्ठको आफ्नै गायन रहेको छ । यसै गरी संगीतमा मञ्जु उपासना, शव्दमा होमबहादुर सुनार (एच.वि.सुनार), एरेन्जमा विष्णु अधिकारी र स्टुडियो ओपल रहेको छ ।

अभिनयमा सकुना श्रेष्ठ मलेकु आफैले अभिनय गर्नु भएको छ । यसै गरी उहाँलाई साथ दिनेमा गायक आनन्द कार्की, होमबहादुर सुनार (एच.वि.सुनार) र अञ्जु सुनार रहेको छ ।

भजन संग्रह छाँयाङ्कनमा दिनेश मुस्कान, ड्रोनमा विशाल लामा, अडियो ग्राफरमा संगम विष्ट रहेको छ भने भजन संग्रहको निर्देशनमा होमबहादुर सुनार (एच.वि.सुनार) को रहेको छ ।

“तिमी विना के दिन अनी रात”:
“तिमी विना के दिन अनी रात” बोलको गित माया प्रेम अनी आपसी मेलमिलापमा विश्वास गर्ने युगल जोडीहरुलाई सकारात्मक सन्देश दिनुका साथै संयोगात्मक भावको रहेको छ । जुन गितको गायनमा गायक आनन्द कार्की र समाजसेवी गायिका सकुना श्रेष्ठ मलेकुको रहेको छ ।

यसै गरी संगितमा मञ्जु उपासना, शब्द होमबहादुर सुनार (एच.वि.सुनार), एरेन्जरमा साहस शाक्य र स्टुडियो एकोष्टीक नेपाल रहेको छ । यस गितमा अभिनय मोडेल गिता ढुंगाना र विक्रम बुढाथोकी रहेको छ ।

यस गिती संग्रहको छाँयाङ्कनमा दिनेश मुस्कान, ड्रोनमा विशाल लामा, अडियो ग्राफरमा संगम विष्ट रहेको छ भने गिती संग्रहको निर्देशनमा होमबहादुर सुनार (एच.वि.सुनार) को रहेको छ ।

यसरी यस वर्षको सार्वजनिक गर्न लागिएका भजन संग्रह “राम भजन” र गिती संग्रह “तिमी विना के दिन अनी रात” बोलको गितका बोलको गितलाई मनपराई लाईक, सस्क्राईभ र शेंयर गरि दिनु हुन पनी आफन्त, नातागोता र नेपाली संगित प्रेमी दिदीबहीनी र दाजभाई महानुभावहरुलाई हद्यदेखि सकुना श्रेष्ठ मलेकुले हार्दिक आभार सहित अनुरोध गर्नु भएको छ ।

यो भजन संग्रह र गिती संग्रह ल्याउनु भन्दा पहिले उहाँले ५ वटा गिती संग्रह र २ वटा भजन संग्रह गरी ७ वटा सांगितिक कोसेली बजारमा ल्याई सक्नु भएको छ ।

सकुना श्रेष्ठ मलेकु :
विगत तिन चार वर्षको अन्तरालमा सकुना श्रेष्ठ मलेकुले सांगितिक क्षेत्रमा अपार सफलता प्राप्त गरेकी छिन् । जन्मघर प्राचिन शहर दोलखा हालको भीमेश्वर नगरपालिकाको वडा नं. २ डोक्छेँ टोलका पिता दिलबहादुर श्रेष्ठ र माता नानीमैयाँ श्रेष्ठकी एक्ली छोरी हुन् सकुना श्रेष्ठ मलेकु ।

बाल्यावस्थादेखि नै लोकभाका, लोकनृत्यमा रुचि राखेकी सकुना सानै उमेरमा जब स्कुलमा शुक्रबारको दिन साँस्कृतिक कार्यक्रम हुँदा नाच्ने गरेको वहाँले आफुले सस्मरण गर्नु हुन्छ । त्यतिबेला आपूmले कथेर रचेर गीत गाउने कमै मात्रमा पाइन्थ्यो, जे जति गीत रेडियोमा आउँथ्यो त्यसैलाई साभार गरेर त्यही गीत गाउँदै नाच्ने गरिन्थ्यो । यसरी विगत तीन चार वर्षको दौरानमा तीज गीत, भजन र लोक गायनमा पनि अग्रपंक्तिमा रहेको हामीले पाउँछौं ।

सांगितिक क्षेत्रमा प्रवेशः
विगत २०७८ सालको अवसर पारेर २०७८ श्रावण २४ गते पहिलो प्रस्तुती “माईतीको आगन” बोलको गित सार्वजनिक गरिएको हो । जुन गितले तिजमा नेपाली दिदीबहीनीहरुको बिच चर्चित हुन पुग्यो ।

२०७९ भाद्र १३ गते दोश्रो प्रस्तुती वहाँको एक्कल गायनमा आधुनिक भजन संग्रह “श्याम सुन्दर खोजु कति गयौ कता तिर, कहिले बस्ने नन्द गाउँ कहिले बस्ने यमुना तिर” भन्ने सुन्दर बोल रहेको “श्यामसुन्दर खोजु कति” भजनको गिती संग्रह ल्याउन सफल हुनु भयो ।

तिज पर्व २०७९ को अवसर पारेर.२०७९ श्रावण २४ गते तेस्रो प्रस्तुती “तिजको लहर छ गाउँशहर” बोलको गित नेपाली सांगीतीक क्षेत्रमा ल्याई सक्नु भएको छ ।

यसै गरी २०७९ पौष १३ गते जन्मभूमी दोलखालाई सम्झी “जन्मघर दोलखा हो, मेरो माईती घर” बोलको चौथो गित सार्वजनिक गर्न सफल हुनु भएको छ । यो समेत सकुना मलेकुको छ वटा गित सार्वजनिक हुने भएको छ ।

यसै गरी २०७९ फागुण १ गते सोमबार “शिव भजन” संग्रह पाँचौ भजन संग्रह सार्वजनिक गरिएको थियो ।

यसै गरी छैटौं प्रस्तुतीमा नारी दिवसको अवसर पारेर नारी गित “कति सहन्छौं पिर व्यथा” २०७९ फागुण २३ गते सार्वजनिक गरिएको थियो ।

यसै गरी सातौं प्रस्तुतीमा तिज २०८० को अवसरमा “रानी झै गमक्क” रमाइलो नहुने माइतीको गाउँ छैन बोलको गित २०८० साल भाद्र २ गते सार्वजनिक गरिएको थियो ।

यसरी छोटो समयमा उहाँले नेपालको सांगितीक क्षेत्रमा प्रवेश गर्ने वितिकै जुन सफलता हासिल गरेर अगाडी बढ्नु भएको छ । त्यस्को लागि हामीले कदर गर्ने पर्छ, जसले गर्दा उहाँको सफलताको लागि सहयोग पुगेको हुनेछ । यसरी नै हरेक क्षेत्रमा सफलताले शिखर चुमौस यही छ हाम्रो उहाँ प्रति मुरी मुरी शुभकामना अनी हार्दिक बधाई समाजसेवी सकुना श्रेष्ठ मलेकुलाई ।।।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!