Search

बालुवाटारमा प्रचण्ड र देउवाबीच भेटवार्ता

बालुवाटारमा प्रचण्ड र देउवाबीच भेटवार्ता

१५ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । सत्ता समीकरण फेरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । बिहीबार बिहान ११ बजे बालुवाटारमा भएको भेटमा संसद्‌को गतिरोध र शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए । उनका अनुसार प्रचण्ड-देउवाबीच एक घण्टा जति कुराकानी भएको हो ।

‘उहाँहरूबीच एक घण्टाजति सकारात्मक छलफल भएको छ । प्रधानमन्त्रीले देउवाजीसँग संसदलाई विजनेस दिने, शान्ति प्रक्रियाका कामलाई सत्ता पक्ष र विपक्ष नभनी टुंग्याउन मैले पहिलदेखि नै पहल गर्दै आएको छु । जनताको मुद्दामा वादविवाद नगरी अगाडि बढौं । पर्याप्त छलफल गरौं मिलेर जाउँ भन्ने प्रस्ताव प्रधानमन्त्रीको छ,’ आचार्यले भने, ‘देउवाजीले पनि सकारात्मक जवाफ दिनुभएको छ ।’

पछिल्लो समय कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसदमा विरोध गर्दै आएको छ । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले स्वार्थ बाझिनेगरी उनी मन्त्री पदमा बस्न नहुने अडान लिँदै आएको छ ।

यस अघिदेखि नै शान्ति प्रक्रियाका कामलाई सम्पन्न गर्ने टीआरसी विधेयक टुंगोमा पुर्याउन खोजिए पनि दलबीच सहमति जुटिसकेको छैन । यसअघि एमालेको असहमतिको कारण यो विषय अलपत्र पर्दै आएको थियो । एमाले सरकारमा गएपछि पनि यस विषयमा दलहरूबीच संवादको वातावरण देखिएको छैन ।

कांग्रेससँगको समीकरणमा भएपछि प्रचण्डले यसलाई टुटाउँदै २१ फागुनदेखि एमालेसहितका दललाई जोडेका थिए । प्रधानमन्त्री प्रचण्डले थप एक वर्ष प्रधानमन्त्री बनाएपछि देउवा आफू प्रधानमन्त्री बन्ने पर्खाइमा थिए । तर, प्रचण्डले समीकरण बदलेपछि कांग्रेस प्रधानमन्त्रीसँग असन्तुष्ट रहँदै आएको थियो । यही असन्तुष्टिपछि पहिलोपटक प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!