Search

विश्वभर एक अर्ब डलरको खाना दैनिक खेर जान्छ, ८० करोड मानिस भोकै

विश्वभर एक अर्ब डलरको खाना दैनिक खेर जान्छ, ८० करोड मानिस भोकै

१५ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फालेका छन्। यसलाई संयुक्त राष्ट्रसङ्घले बुधबार खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ ।

करिब ८० करोड मानिस भोकै बसेको समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसङ्घको पछिल्लो फुड वेस्ट इन्डेक्स रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको करिब २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो । यसमा अधिकांश घरहरूबाट खेर गएका हुन् ।

राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम (यूएनईपी) का कार्यकारी निर्देशक इन्गर एन्डरसनले विज्ञप्तिमा भनेका छन्, ‘खानाको नोक्सानी विश्वव्यापी त्रासदी हो, विश्वभरमा खानाको नोक्सानीका कारण आज मानिसहरू भोकै बस्नेछन् ।’ रिपोर्टमा यस्तो प्रकारको नोक्सानी नैतिकमात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको उल्लेख छ ।

गैरनाफामूलक सङ्गठन डब्ल्यूआरएपीसँग सहलेखन गरिएको रिपोर्ट राष्ट्रसङ्घले सङ्कलन गरेको विश्वव्यापी खाद्य नोक्सानीमाथि दोस्रो हो र यसले अहिलेसम्मको सबैभन्दा पूर्ण तस्बिर प्रदान गर्दछ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!