Search

सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई २७८ रनको कीर्तिमानी लक्ष्य

सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई २७८ रनको कीर्तिमानी लक्ष्य

१४ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई २७८ रनको कीर्तिमानी लक्ष्य दिएको छ । हैदराबादले जोडेको यो रन आईपीएल इतिहासमै सबैभन्दा धेरै हो ।

यसअघि २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरले पुणे वारियर्सविरुद्ध २६३ रन जोडेको थियो । टस हारेर ब्याटिङ थालेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन जोड्यो ।

हैदराबादका लागि ट्राभिस हेडले ९ चौका ३ छक्काको मद्दतमा २४ बलमा ६२, अभिषेक शर्माले ३ चौका ७ छक्काको मद्दतमा २३ बलमा ६३ रन जोड्दा एडेन मार्करम २ चौका र १ छक्काको मद्दतमा २८ बलमा ४२ तथा हेनरिक क्लासेन ३४ बलमा ८० रनसहित अविजित रहे । क्लासेनले ४ चौका र ७ छक्का प्रहार गरे । यस्तै मयंक अग्रवालले ११ रन जोडे ।

मुम्बईका सबै बलरहरुले धेरै रन खर्चिए । हार्दिक पाण्ड्या, जेराल्ड कोत्जे र पियुष चावलाले एक–एक विकेट लिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!