Search

“ढुंगे बगर, माया छँदैछ हल्ला नगर” ५० बर्ष पछी रिमेकमा

“ढुंगे बगर, माया छँदैछ हल्ला नगर” ५० बर्ष पछी रिमेकमा

१४ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । लोक गायक लालबहादुर खाती र गायिका तीर्थ कुमारी थापाको स्वर रहेको ‘ढुंगे बगर’ बोलको गीत रिमेक गरिएको छ। ५० वर्षअघि रेडियो नेपालमा रेकर्ड गरिएको गीत रिमेक गरिएको हो। यो गीत दर्शक श्रोता माझ अझै लोकप्रिय छ।

रिमेक भर्सनमा गायिका तीर्थ कुमारी थापालाई गायनमा गायक सुरजकुमार थापाले साथ दिएका छन्। सुरजकुमार थापाले नै पुनः संगीत संयोजन गरेका हुन्।

शम्भु कुमार तण्डुकारको रेकर्डिङ तथा मिक्सिङ, किरण कँडेलको मास्टरिङ गीतको भिडिओमा महेश्वर श्रेष्ठको डिओपी छ। भिडिओलाई तुलसी भक्त कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो।

निश्चल श्रेष्ठले छायांकन गरेको गीतको भिडिओमा बिजु कर्माचार्यले सम्पादन तथा निर्देशन गरेका हुन्। यो गीत सुरजकुमार थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!