१३ चैत्र, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ स्थित सोक्ला भ्यालीमा रक क्लाईम्विङ च्याम्पिय २०८० सम्पन्न भएको छ । सोक्लाश्वरी पर्यटन विकास समाज (एसटिडिएस) ले चैत्र ९ र १० गते आयोजना गरिएको सोक्ला रक क्लाईम्विङ सम्पन्न भएको हो ।
भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग र माउन्टेन गाइड एसोसिएन अफ नेपाल (मोगान) को प्राविधिक सहयोगमा उक्त रक क्लाईम्विङ प्रतियोगीता भएको हो । दोलखाको पर्यटन प्रवद्र्धनका लागि सोक्लाश्वरी पर्यटन विकास समाजले गत बर्षदेखि नै सोक्ला रक क्लाईम्विङ सम्बन्धि गतिवधि गर्दै आइरहेको छ ।
मोगानका अध्यक्ष सञ्जीव गुरुङ र सगरमाथा आरोही लाल बहादुर जिरेलले रक क्लाईम्वरहरुलाई प्राविधिक सहयोग गरेका थिए । जिल्लाका विद्यार्थी, युवा पुस्ता, स्काउट, त्रिपुरा स्काउट ट्रप्सको टिमले रक क्लाईम्विङमा सहभागी जनाएको थियो ।
त्रिपुरा स्काउट ट्रप्सका सिर्जना श्रेष्ठले सबैभन्दा कम समयमा रक क्लाईम्विङ गरेर महिला तर्फ प्रथम भएको आयोजकले जनाएको छ ।
श्रेष्ठले २ मिनेट ११ सेकेन्डमा २५ मिटर आरोहण गरेका थिए भने झर्दा २९ सेकेन्ड लगाएका थिए । यस्तै सक्सेस लामाले १ मिनेट ५२ सकेन्डमा २५ मिटरमा आरोहण गर्दै पुरुष तर्फ प्रथम भएको थियो । यस्तै रोसन रसाइलीले २ मिनेट ३० सकेन्डमा २५ मिनेट पार गरेका थिए ।
दुई दिन भएको उक्त रक क्लाईम्विङमा ५० जनाले आरोहण गरेको कार्यक्रम संयोजक अर्जुन तामाङले जानकारी दिए ।
यसै गरी गत जेठ महिनामा पनि सोक्ला रक क्लाइम्विङ महोत्सव आयोजना गरेका थिए ।