Search

समकालिन एकता समाज नेपालद्वारा होली २०८० को अवसरमा शुभकामना आदान प्रदान

समकालिन एकता समाज नेपालद्वारा होली २०८० को अवसरमा शुभकामना आदान प्रदान

१० चैत्र, बाँपिझ्याला, काठमाण्डौं । समकालिन एकता समाज नेपालद्वारा होली २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाको कार्यालय ललितपुरमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरुलाई संस्थाका अध्यक्ष सकना श्रेष्ठ मलेकुले टिका लगाएर सेतो सल ओढाएर होलीको शुभकामना आदान प्रदान गरिएको छ ।

यसरी सम्पन्न उक्त कार्यक्रममा नेवारी परम्परा अनुसार सगुन सँगै खाजाको प्रबन्ध गरिएको थियो ।

यसरी सगुन खाजा संगै होलीको अवसरमा सदस्यहरु विच नाचगान र मनोरञ्जन गरिएको थियो । नेपालीहरुको महान पर्व मध्ये होली एक महत्वपूर्ण पर्व भएकोले संस्थाका पदाधिकारी तथा सदस्यहरु र शुभचिन्तकहरु बिच होलीको अवसरमा टिका, सगुन र खाजाको व्यवस्था गरी मनाईएको छ भनी अध्यक्ष सकुना श्रेष्ठ मलेकुले बताउनु भयो ।

यसरी चाडपर्व अनुसार समय समयमा गरिएको कार्यक्रमले संस्थाका सदस्यहरु विच पारस्परिक सम्वन्धलाई मजबुत गर्न अझ थप टेवा पुगी गाढा सम्वन्ध स्थापना सहयोग पुग्ने पनी अध्यक्ष श्रेष्ठले बताउनु भयो । आगामी दिनमा संस्थाको आयोजनामा बिभिन्न कार्यक्रमहरु गर्दै जाने उहाँले बताउनु भयो ।

नेपालीहरुको महान पर्व होलीको अवसरमा आफु र संस्थाको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहीनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको अभिव्यक्तका साथ आजको शुभकामना आदान प्रदान कार्यक्रम समापन गर्नु थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!