Search

तनहुँको शेराटारमा पर्यटक बस दुर्घटना

तनहुँको शेराटारमा पर्यटक बस दुर्घटना

१० चैत्र, बाँपिझ्याला, काठमाण्डौं । पृथ्वी राजमार्ग पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा शनिवार बिहान ६:२५ बजे पर्यटक बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाइते भएका छन् ।

 पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नं. को पर्यटक बस सडकको दायाँ साइडमा पल्टिँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । खाँडका अनुसार दुर्घटनामा बसमा सवार २६ मध्ये सो सङ्ख्यामा घाइते भएका हुन् ।

 घाइते हुनेहरूमा ५० बर्यीय सुन लि, ५७ बर्यीया हुक्सिया लि, ६२ बर्यीय वाङ वि डोङ, ६७ बर्यीय कियो मेङ, ६८ बर्यीय छुचेङ र ७० बर्यीय लियो या छिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते सबैको शुक्ल गण्डकी नगरपालिकाको बेल चौतारा स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको र दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रनाउ खाँडले जानकारी दिनुभयो ।

चालकलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।  

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!