Search

मन्त्री लामिछानेले कांग्रेसलाई चार वर्ष नै संसद् अवरुद्ध गर्न सुझाव

मन्त्री लामिछानेले कांग्रेसलाई चार वर्ष नै संसद् अवरुद्ध गर्न सुझाव

९ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको नसुहाउने बताएका हुन् ।

एउटा पूरक वा ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने जनताले मूल्याङ्कन गरेको उनले बताए । लामिछानेले कांग्रेसलाई चार वर्ष नै संसद् अवरुद्ध गर्न सुझाव दिँदै सो अवधिमा आफूहरूको संयन्त्रले नेपालमा भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए ।​

उनले संसदमा विरोध गर्नु प्रतिपक्षको अधिकार भएको र त्यसलाई सम्मान गर्ने भन्दै छानबिन आयोगको बिषय संसदको अधिकारको कुरा भएको जिकिर गरे ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!