Search

जिपि फाउण्डेशन दोलखाद्वारा १२ कक्षाका विद्याथीहरुका लागि निःशुल्क कोचिङ क्लास

जिपि फाउण्डेशन दोलखाद्वारा १२ कक्षाका विद्याथीहरुका लागि निःशुल्क कोचिङ क्लास

७ चैत्र, बाँपिझ्याला, दोलखा । दोलखा जिल्लाका १२ कक्षा अध्ययरत विद्यार्थीहरुको लागि निशुल्क तयारी कक्षा संचालन गरेको छ । जि.पी कोईराला फाउण्डेशन दोलखाको आयोजनामा पूर्व प्रधानमन्त्री दिवंगत गिरिजा प्रसाद कोइरालाको १४ औँ स्मृति दिवस र आदर्श पुरुष दिवंगत भीम बहादुर तामाङको सस्मरणमा १२ कक्षामा अध्ययरत विद्यार्थीहरुका लागि निःशुल्क तयारी कोचिङ कक्षा सञ्चालन गरिएको छ भनी जिपि फाउण्डेशन दोलखा जिल्ला शाखाका अध्यक्ष राकेश श्रेष्ठले बताउनु भयो ।

नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले कोचिङ कक्षाको उद्घाटन गर्नु भएको थियो । यसै गरी उक्त उद्घाटन कार्यक्रममा दोलखा जिल्लामा आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार र जिल्लाका दुर्गम भेगका विद्यार्थीलाई एकैठाउँ समेटेर निःशुल्क कोचिङ क्लास सञ्चालन गरी विद्यार्थीहरुको हक अधिकार र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भनी सभापती लामाले भन्नु भयो ।

यसै गरी भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरले आदर्श पुरुष दिवंगत भिमबहादुर तामाङलाई स्मरण गर्दै तमाङले देखाएको पहिचान भेटिने जातिय ध्वन्द मेटिने मार्गमा देश अगाडि बढे देश भष्ट्राचार मुक्त हुने कुरा बताउनु हुर्दै विद्यार्थीहरुले पढाई सँगसँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागि भई आफुसंग भएको क्षमता प्रस्फुटन गर्न उपस्थित भएका विद्यार्थीलाई आग्रह गर्नु भएको थियो ।

माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त तयारी कोचिङ कक्षामा विद्यार्थीहरुलाई कोचिङ कक्षामा अनिवार्य अंग्रेजी, अकाउन्ट, ऐच्छिक गणित, विज्ञान विषय पढाएको नेपाली काँग्रेस स्कुल शिक्षा विज्ञान तथा प्रविधि विभाग दोलखाका प्रमुख राजन बस्नेतले बताउनु भयो ।

यसरी उक्त कोचिङ क्लासको उद्घाटन सत्रमा तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी, नेपाल शिक्षक सङ्घका केन्द्रिय उपमहासचिव गिता शिवाकोटी, नेपाली काँग्रेस दोलखाका क्षेत्रीय सभापति शुक्रराज तमाङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, नेपाल तरुण दलका केन्द्रित सदस्य भिम खड्का, भीमेश्वर नगरपालीका वडा नं. २ का पूर्व वडाध्यक्ष एवं नेपाली काँग्रेस दोलखाका युवा नेता विराजमान श्रेष्ठ, पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईं, नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द नारायण मानन्धर लगायतका महानुभावहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । यसै गरी उक्त कार्यक्रममा शिक्षक, सञ्चारकर्मी, विद्यार्थी लगायतको व्यापक उपस्थिती रहेको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!