Search

गजल : करुणामाई (बुग्देउ) दोलखाको त्यो रथजात्रा

गजल : करुणामाई (बुग्देउ) दोलखाको त्यो रथजात्रा

बालकृष्ण श्रेष्ठ ‘पासा’

करुणामाईको रथ तानिन्थ्यो जब दोलखामा त्यो बेला,
गुराँस फुल माला गाँसिन्थ्यो तब स्वागतार्थ त्यो बेला ।

भेटिन्थ्यो साथी हेर्न जाँदा जात्रा सारा दौंतरीहरू पनि,
आफ्नो मनबाटै छाँटिन्थ्यो अनि मनन योग्य त्यो बेला ।

आँखा जुध्थ्यो इसारा हुन्थ्यो कहिले भाउ नि खोज्थ्योे,
सुस्तरी पाइला चालिन्थ्यो दृष्टि सहमतिमा त्यो बेला ।

मुन्टो हल्लाउँदै अस्वीकार जताउँथ्यो हेरिकन समाज,
तथापि अंगालोमा बाँधिन्थ्यो मायापिरतीमा त्यो बेला ।

करुणामाई रथ तान्ने क्रम लगातार भइरहन्थ्यो दिनै,
मौनता चिर्दै प्रेमले गाइन्थ्यो सुमधुर गीत त्यो बेला ।

विशेष मिठाइ जात्रामा गुलियो स्वाद ‘चाक्सला’को,
अन्तरंग मधुमास मात्तिन्थ्यो हात छिल्लेर त्यो बेला ।

करुणामाईको रथ तानिन्थ्यो जब दोलखामा त्यो बेला,
गुराँस फुल माला गाँसिन्थ्यो तब स्वागतार्थ त्यो बेला ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!