Search

काठमाडौं उपत्यका, कोशी र मधेस प्रदेशमा वर्षा

काठमाडौं उपत्यका, कोशी र मधेस प्रदेशमा वर्षा

७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । अहिले काठमाडौं, कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । साथै, बागमती प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेका महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षा हुनेछ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहेको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!