४ चैत्र, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा स्थित राजकुलेश्वर आधारभुत विद्यालय र बाल मन्दिर प्राथमिक विद्यालयका विद्यार्थीहरुका लागि आज एक कार्यक्रमको आयोजना गरी वि केयर नेपाल आईएनसि (We Care Nepal INC) को सहयोगमा स्कूल पोशाक हस्तान्तरण गरिएको छ ।
राजकुलेश्वर आधारभुत विद्यालयका ८६ जना छात्रछात्रा विद्यार्थीहरु र बालमन्दिर प्राथमिक विद्यालयका ४२ जना छात्रछात्रा विद्यार्थीहरुको लागि ट्याक्सुट, टिर्सट हस्तान्तरण गरिएको छ ।
उक्त स्कुल पोशाक हस्तान्तरण कार्यक्रममा राजकुलेश्वर आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अजय प्रधान, राजहिटी समाजका अध्यक्ष बिक्रम मल्लको उपस्थिती रहेको थियो ।
यसरी ऐतिहासिक महत्व बोकेको भीमेश्वर नगरपालिका वडा नं २, दोलखामा रहेको राजकुलेश्वर आधारभुत विधालयका ८६ जना र बालमन्दिर प्राथमिक विधालयका ४२ जना विद्यार्थीहरुलाई भीमेश्वर नगरपालिका वडा नं २ दोलखाका निवर्तमान वडा अध्यक्ष विराजमान श्रेष्ठ र राजहिटि समाज दोलखाका अध्यक्ष विक्रम मल्लको विशेष सक्रियतामा भीमेश्वर नगरपालीका वडा नं. २ पिङ्गल टोल घर भई हाल अष्टेलियामा निवासी राजहिटि समाज दोलखाका सचिव सुरत श्रेष्ठ र विई केयर नेपाल आईएनसि (We Care Nepal INC) का अध्यक्ष मनोज ढुङ्गानाको सहयोगमा स्कूल पोशाक ट्याक्सुट, टिसर्ट वितरण गरिएको छ भनी राजकुलेश्वर व्यवस्थापन समितिका अध्यक्ष एवं युवा समाजसेवी अजय प्रधानले बताउनु भयो ।
यसै गरी ढुंगाना परिवारका सहयोगी कृष्ण प्रसाद ढुङ्गांनाको नेतृत्वमा आउनु भएका टोलिले दुबै विद्यालयमा भिन्ना भिन्नै कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुको नाप र साईज अनुसार पोशाक वितरण गरिएको थियो ।
राजकुलेश्वर आधारभुत विधायलयमा विधालय व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधानको सभापतित्वमा सन्चालन भएको थियो । यसै गरी बालमन्दिर प्राथमिक विद्यालय दोलखामा आयोजना गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विराजमान श्रेष्ठको सभापतित्वमा कार्यक्रम सन्चालन गरेको थियो ।
यसरी संचालन गरिएको कार्यक्रममा बालमन्दिर प्राविका प्रधानध्यापक ज्योति श्रेष्ठ र राजकुलेश्वर आधारभुत विधालयका शिक्षक तुलसा मैनालीले अतिथिहरुलाई विद्यालयको वर्तमान अवस्था सहित स्वागत मन्तव्य दिई स्वागत गर्नु भएको थियो भने व्यवस्थापन समितीका अध्यक्षद्धय विराजमान श्रेष्ठ र अजय प्रधानले सहयोगी दाताहरुलाई सहयोग गर्ने क्रममा हाम्रो विद्यालयलाई छनौट गरि पोशाक वितरण गर्नु भएकोमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो । साथै उहाँहरुलाई सम्मानमा सम्मानपत्र हस्तान्तरण गर्नु थियो ।
दाता परिवारका सदस्य कृष्ण प्रसाद ढुङ्गानाले कार्यक्रमलाई सम्वोधन गर्दै यो हाम्रो पहिलो प्रयास हो अब हामी आगामि दिनमा विद्यार्थीहरुको शैक्षिक सामाग्री देखि विद्यालयको भौतिक कार्य निर्माणमा समेत सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।
साथै विद्यालय पोशाक वितरण कार्यक्रममा विद्यालयमा पोशाक हस्तान्तरण गर्नु हुने सहयोगी मनहरुको तर्फबाट कृष्ण प्रसाद ढुङ्गाना, रमेश प्रसाद ढुङ्गाना, मनिष ढुङ्गानाको उपस्थिती रहेको थियो ।
यसै गरी बाल मन्दिरमा आयोजित कार्यक्रममा बालमन्दिर विद्यालयका प्रधानध्यापक ज्योती श्रेष्ठ, शिक्षक प्रेमलाल प्रधान, बालविकास शिक्षिका यमुना प्रधान, नर्स चमेली लामाको उपस्थिती रहेको थियो । क्यामराम्यान मनोज ढुंगाना उपस्थिती रहेको थियो ।