Search

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर डिम्याट खातामा जम्मा

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर डिम्याट खातामा जम्मा

३० फागुण, बाँपिझ्याला, काठमाण्डौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर डिम्याट खातामा जम्मा भएको छ । आइतबार नेप्सेमा सूचीकृत भएको कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हो ।

१०० प्रतिशत शेयर नै लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको कम्पनीले जनाएको छ । हकप्रद सेयर सम्बन्धीत शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएसँगै अब दोस्रो बजारमा खरिद विक्री गर्न सकिनेछ ।

कम्पनीले सर्वसाधारण सेयरधनीलाई गत भदौ १८ देखि असोज २२ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीको हकप्रद सेयरमा आवेदन नपरेपछि पुस १३ देखि २९ गतेसम्म लिलामी विक्रीमा ल्याएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!