Search

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक, प्रधानमन्त्रीले विश्वासको मत लिंदै

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक, प्रधानमन्त्रीले विश्वासको मत लिंदै

३० फागुण, बाँपिझ्याला, काठमाण्डौं । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद्‌को कार्यसूचीमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नेछन्।

यही फागुन २१ गते सत्ता समीकरणमा फेरबदल भएसँगै २२ गते कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विश्वासको मत फिर्ता लिने निर्णय गरेको थियो। यही कारण प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलको समर्थन प्राप्त प्रधानमन्त्री दाहाललाई सत्ता गठबन्धनमा आबद्ध दलले विश्वासको मत दिन ह्वीप समेत जारी गरिसकेका छन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

प्रतिनिधि सभामा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन्। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ मत आवश्यक पर्दछ।

यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले पनि ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएकी छिन्। तर यही दलका संरक्षक रेशम चौधरी निकट वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले भने नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नदिने भन्दै हिजो विज्ञप्ति जारी गरेका छन्। यस कारण अहिले नागरिक उन्मुक्ति पार्टीभित्र विवाद छ।


मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!