२९ फागुण, बाँपिझ्याला, दोलखा । प्राचिन शहर दोलखा स्थित साक्षात भगवान दोलखा भीमेश्वरमा शिवरात्री पर्वमा भक्तजनहरुबाट ५ लाख ४ हजार १३ रुपैया नगद भेटी संकलन भएको छ ।
यसै गरी २०८० साल माघ १९ गतेदेखि फागुण २५ गते सम्ममा ५ लाख २८ हजार ५ शय ८ रुपैया आम्दानी भएको थियो ।
एक्कै दिन नगद गणना गर्दा समय नपुग हुने भएकोले शिवरात्रीको अवसरमा संकलन भएको भेटी रकम आज गणना गरी सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका कोषाध्यक्ष समाजसेवी शुरेस श्रेष्ठले बताउनु भयो ।
यसरी भेटी संकलनबाट प्राप्त रकम हिसाव गरी आम्दानी जनाउनको लागि स्थानिय निकायको तर्फबाट भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, प्रहरी प्रशासनको तर्फबाट शसस्त्र प्रहरी बलका प्रतिनिधी, जनपथ प्रहरीका प्रतिनिधी र समितिका पदाधिकारी तथा सदस्यहरुको संयुक्त रोहवरमा आम्दानी जनाई मुचुल्का उठाईएको छ भनी कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो ।